Aama

Singer: CD Vijaya Adhikari, Music Arranger: Kiran Kandel, Vodeo: Devendra Bablu . Featuring: Prakash Saput and Hiuwala Gautam

Recorded on: October 1, 2020 (Pragya studio)

 

गीत: आमा

——————————

पानी छैन पँधेरिमा, कहाँ गाग्रो भर्छेउ आमा

झरी पर्दा अँधेरिमा, एक्लै कसो गर्छेउ आमा

 

मैलो हुँदा मेरो लुगा, तिमिले नै धोइदिन्थ्यौ 

मलाइ काँडा बिझेपनि, तिमि आँफै रोइदिन्थ्यौ  

तिम्रो चोलि मैलो हुँदा, कसोगरी धुन्छ्यौ होला

मन्मा गाँठो पर्दा आमा, एक्लै कति रून्छ्यौ होला

 

लामो बाटो डोको बोकी, खोलितिर झर्छेउ आमा 

झरी पर्दा अँधेरिमा, एक्लै कसो गर्छेउ आमा

 

भत्क्यो होला थोत्रो घर, खै कसोरी टालि हौली

आँफ्नै मुटु जलेपनि, मेरै  दिप बालि हौली 

फाट्टयो होला थोत्रो स्याखु, आँतसम्म रूझ्दोहोला

कति चर्क्यो होला मन. कसोगरी बुझ्दोहोला 

 

उर्ली आउँदा बर्षेभेल, कसोगरी  तर्छेउ आमा 

झरी पर्दा अँधेरिमा, एक्लै कसो गर्छेउ आमा

                        By  Rabindra Lamsal 

Leave a Reply