Pencil- A Nostalgia lyrics – Ujjwal Saagar

Pencil- A Nostalgia lyrics & song details: Nepali Song Pencil- A Nostalgia’ is sung by Ujjwal Saagar & the lyrics are written by Ujjwal Saagar, Roshan Adhikari and the music in this song is given by Ujjwal Saagar. The music video of this song is featuring Kiran Chand, Ujjwal Pokhrel, Aastik Poudel, Sukriti Bartaula as the lead actors.

Song TitlePencil- A Nostalgia’
SingerUjjwal Saagar
LyricsUjjwal Saagar, Roshan Adhikari
MusicUjjwal Saagar
ActorsKiran Chand, Ujjwal Pokhrel, Aastik Poudel, Sukriti Bartaula

Pencil- A Nostalgia’ Lyrics

बर्शौँ पछि तिमीलाई
आज देखेँ मैले
आँखा जुध्यो बाटोमा जाँदा जाँदै
भित्र भित्रै मनमा
गुम्सिएका कुराहरु
भन्नू थियो बर्शौँ देखि नै
सुन …

एउटै स्कुल थियो हाम्रो
मेरो सिट हुन्थ्यो तिम्रो पछाडी
चाहिन्छ कि तिमीलाई भनी
बसिरन्थेँ पेन्सिल तिखारी

पहिले मेरो होमवर्क गर्थ्यौ
गल्तिमा इरेजर दौडाई
तिमी धेरै खुसी हुन्थ्यौ तिम्रो
रेड टिफिन दिँदा मलाई

तिम्रो बोली सुनेर म
अघाउन्न थिएँ कहिल्यै
सङ्गै बसेर स्टोरी
सुनाउँथ्यौ तिमी जहिल्यै

त्यो निलो स्वेटर अनि हेयर ब्यान्ड
फेभरेट कलर थिए मेरा
युगौँ बितिसकेछन हेर
ल्याउँदा खेरी सम्झेर
सुन …

पढ्न सधैं अघि तिमी
म भने पछि जहिल्यै तिम्रै
जे भएनी हाम्रो प्रेम भने
बढ्दै थियो धेरै

कहिले कपि पेन्सिल साट्यौँ
कहिले घरमा पनि ढाट्यौँ
हुँदाहुँदै कहिले काहिँ
त स्कुल पनि हाप्यौँ

येसरी नै एक अर्कामा
मिल्दै थियौँ सायद
मिठास मय प्रेम रस मा
घुल्दै थियौँ सायद

माया टुटि जाने हैन
भन्थ्यौ तिमी नै हेर
युगौँ बितिसकेछ्न हेर
ल्याउँदा खेरी सम्झेर
सुन …

पर्खन्न समयले कहिल्यै
न हुन्छ कसैको हात मा
तिमी जानेभयौ नौलो सहर
तिम्रो परिवार संग साथमा

तिखारौँ कस्का लागि
सोचेँ हातमा पेन्सिल बोकेर
मेटाउ कसरी यो दुखलाई
न मसँग थियो इरेजर

केहि भनिन भन्नै सकिन
थियो गल्ती मेरै
त्यो गल्ती मेट्ने इरेजर
थियो तिमीसँगै

कैयौँ बर्ष पछि भेट्दा
धेरै बद्लिसकेछौँ हेर
युगौँ बितिसकेछ्न आज
ल्याउँदा खेरी सम्झेर
सुन …

बर्शौँ पछि तिमीलाई
आज देखेँ मैले
आँखा जुध्यो बाटोमा जाँदा जाँदै
भित्र भित्रै मनमा
गुम्सिएका कुरा
भन्छु आज मनै देखि नै
सुन …

Music Video

~~~~THE END~~~~

If you need chords, karaoke or translation please comment down 🙂
Thank you for reading the song “ Pencil- A Nostalgia’ Lyrics ” sung by Ujjwal Saagar till the end.
If you have any comments, complains or Suggestions to Nepali Songs Lyrics please comment down
Or Email us at : [email protected]
Or Fill this contact form : Click here For Contact Form
Submit your lyrics, status or blog For promotion: Submit your content from here
~~Be social~~
Medium: https://medium.com/@NepaliSongsLyrics
Facebook: https://www.facebook.com/NpSongslyrics
Instagram: https://www.instagram.com/npsongslyrics/
Twitter: https://twitter.com/npsonglyrics
Sharing Is Caring,
SHARE THIS BEAUTIFUL LYRICS NOW!
Subscribe to our Newsletter From Comment or Footer section for recent updates (We Promise to send only Quality Emails)

Leave a Reply