Nepali shayari – Collection of love, Romantic, Sad shayari in Nepali

These are the best and unique Nepali shayari for fb (facebook), whatsapp, instagram or any other social media. Use these shayari .

Nepali shayari in nepali

कसैको भाग्यमा पीडा कसैको मुस्कान छ
अचम्म अनौठो समय यो वर्तमान छ
सस्तो छ झगडा, व्यापक छन् विवादहरू
दुर्लभ किन्तु समस्याको समाधान छ
जङ्गलमा मान्छे सहरमा जनावर पसे
बेघर त आजभोलि यहाँ भगवान् छ

किन गर्छौ जातका कुरा खुन एकै भए पछि
एकअर्कालाई दया गर्ने गुन एकै भए पछि
तिमी जान्छौ होटलमा म खान्छु ढिँडो र साग
स्वादका कुरा नगर भो नुन एकै भए पछि
पियानो होस् या सारङ्गी फरक देख्छौ किन
बाजा अलग भए पनि धुन एकै भए पछि

भाग्यमानी त्याे हाेईन कि जसले
सबै थाेक राम्राे पाउछ
भाग्यमानी त त्याे हाे जसले
जे जस्तो पाउछ त्यसलाई नि राम्रो बनाउछ|

खुशी छैन जिन्दगीमा डढेलोले खाए जस्तै।
दिउसै घाम अस्ताएर सुर्य ग्रहण लाए जस्तै।।
निको होला भन्दा घाउ झन झन बल्झि राछ,
सतिदेवी स्वर्गे हुदा शिवले चोट पाए जस्तै|

विश्वाश गर्नै गाह्रो हुने बनावटी कहानीको
पर्खाईमै बस्नु पर्ने रात कुर्दै बिहानीको
अतीत यो बल्झी दिन्छ नचाहेरै घरीघरी
भँवराझैं रस चुस्दै छाड्दै हिड्ने बेइमानीको|

जन्मनु मर्नुत केवल रित रहेछ !!
जिन्दगी सुखदुःखको गीत रहेछ !!
मुटुले बजाउँछन् तबला बाजा !
आँसुको अनौठो संगीत रहेछ !
आँसु र हाँसोलाई जसले चिन्यो!

बन्द आँखा ले देखे को सपना साकार हुदैन ।
चोखो मायाको नाप तौल अनी आकार हुदैन ।
चोखो माया ज़िन्दगीमा एकै पटक हुन्छ अरे
चिन्ने कोसिस गर्नु फेरी फेरी बार बार हुदैन ।

अरु भन्दा ऊ मेरो केहि खास छ
न त फर्केर अाउने कुनै अाश छ
टाढा भएपनि के नै भयो र अखिर
याद अनि मनको सधै अासपास छ !!

जन्मनु मर्नुत केवल रित रहेछ !!
जिन्दगी सुखदुःखको गीत रहेछ !!
मुटुले बजाउँछन् तबला बाजा !
आँसुको अनौठो संगीत रहेछ !!
आँसु र हाँसोलाई जसले चिन्यो !
उसैको यहाँ ठुलो जीत रहेछ !!

पीडा दिनेहरु आफ्ना थिए!
पिडामा हास्नेहरु पनि आफ्नै थिए!
बस! सान्त्वना दिनेहरु पराया थिए
जो आफ्ना हुने कोशिश गर्दै थिए

जिन्दगी त भगवानले हल्कै दिएका थिए
, ठुल्ठुला सपना बोकेर म आफैले गरुङ्गो बनाएँ।

love shayari in nepali

तडपिन्छन् खाली, दिन रातमा भन्दैन
हाल यो मुटु कसैले सोधे बताउदैन
सुनेर तपाइलाई हुनेछ छ राहत ठुलो मित्रहरु
म उनलाई चाहन्छु जसले मलाइ चाहदैन

मेरो माया हो त्यो कुनै बाध्यता होइन
उनी मलाई चाहनैपर्छ यो जरुरी होइन
यो के कम छ र उनी मेरो साँस मा छिन्
सामुन्ने छौ मेरो आँखाको जरुरी होइन।

गुमाउनु भन्दा पाउनुछ तिमीलाई
अरुको हुनु भन्दा आफ्नो बनाउनुछ तिमीलाई
कहिँ कतै हराउछौ कि भन्ने डरले
यो मनमा बाधेर राख्नुछ तिमीलाई।

Manko kitab ma gulab unko thiyo,
Raatko nidrama sapani unko thiyo.
Kati mayagarxau mero prasna ma
Timi bina marxu unko jawaf thiyo

जति थिएँ खुशी तिम्रो नाममा सारी दिए!
गन्तव्यका बाटाहरू मैले सबै बारी दिए
बुझ्नै सकिनौ मेरो बाध्यता र परिस्थिति!!
जित्यौ तिमीले जित भयो मैले हारी दिए!

Ankhako isara samajhina paudina
othale mutuko kura bhanna paudina
aphano vivasata ma kasari bhanun
kohi chha jasako bina ma banchna paudina

मनको कितामा गुलाब उनको थियो
रातको निद्रामा सपनी उनको थियो
कति माया गर्छाै मेरो प्रश्न मा
तिमी बिना मर्छु उनकाे जवाफ थियो।

Kohi bhanchha maya nasa banna janchha
kohi bhanchha maya sajaya banna janchha
tara maya garchhau yadi sancho manale
taba tyo maya jiune bahana banna janchha

Sad shayari in nepali

तिम्रो मनको ढोका मैले ढक्ढकाउनु गल्ती भयो
तिम्रा लागि सबै खल्ती टक्टकाउनु गल्ती भयो
छेपारो झैं रङ बदल्यौ अर्कैको हात समाएछौ
मध्यरातमा रुदै रुदै भक्भकाउनु गल्ती भयो
मन परेनी मनैभित्र राख्नु पर्थ्यो सुरुवातमै
माया लाग्छ भन्दै अघि अक्मकाउनु गल्ती भयो।

म तिम्रो दिलभित्र नै टुक्रिने गर्छु
जिउदो लाग्छ तर असल म मर्ने गर्छु
जब कहिले बोल्छ हाँसेर अरु कोहीसँग
कत्ति छुरा मेरो छाति मा रोप्ने गर्छु।

कत्ति अप्ठयारोले मेरा पलहरुको हालचाल न सोध
मुटुदेखि निस्कियो ओठमा दबेको कुरा न सोध
म जसको लागि लड्छु हे भगवान
मलाइ आफैसङ पिडाबोध छ मायाको जात न सोध!

किन लिएर आयौ यति धेरै झुट र आशुँ
चोटै चोट लिएर अब म कसरी हाँसु
कस्तो मोडमा लगेर एक्लो बनाइदियौ
टुक्रेको यो मुटुलाई भन म कसरी सम्हालुँ ।

haat haru ko bhaagya ko bharosaa gari linu
bharosaa cha bhane had paar gari linu
gumaaun paaune ta bhaagya ko khel cha
muTu ko jasale aafano baseko bas usalaai dekhi maayaa gari

यो जिन्दगी छ मसङ, तिमि धोका पनि
जिउदो रहु म, यो तिम्रो कामना पनि
कसैले छुन्छ तिमिलाइ तब हुन्छ जलन
ऐ हावा तिमि पनि उसलाइ छोइ नहाल!

suru garchhu pheri maya
timi aai hala na
alikati ma badalinchhu
alikati timt badalt hala na

कसरी सक्यौ तिमीले माया मार्न
किन लगायौ मलाई तिम्रो पछि चहार्न
टाढिने क्रममा जाँदा जाँदै तिमीले
किन सिकायौ मलाइ जिन्दगीदेखि हार्न।

कत्ति अप्ठयारोले मेरा पलहरुको हालचाल न सोध
मुटुदेखि निस्कियो ओठमा दबेको कुरा न सोध
म जसको लागि लड्छु हे भगवान
मलाइ आफैसङ पिडाबोध छ मायाको जात न सोध!

Romantic shayari in nepali

नजरलाई नजरको खबर भएन
कुनै राम्रो पनि यसरी नलागी दियून
तिमीलाइ देखेको छु मात्र त्यो नजरले
जुन नजरबाट तिमीलाई नजर नलागोस।

गुमाउनु भन्दा पाउनुछ तिमीलाई
अरुको हुनु भन्दा आफ्नो बनाउनुछ तिमीलाई
कहिँ कतै हराउछौ कि भन्ने डरले
यो मनमा बाधेर राख्नुछ तिमीलाई।

पहिलो माया को लागि मनले जस्लाई चुन्छ,
त्यो आफ्नो होस् या न होस् तर
जिन्दगी भरि मनले उस्लाई माया गर्छ।

जादु छ उनको हर एक बात मा
याद धेरै आउछ दिन हो या रात मा,
हिजो जब सपना देखेथे रातमा,
तबपनि उन्कै हाथ थियो मेरो हाथ मा ।

मेरा सारा खुसि हरु तिम्रो भाग पारिदिन्छु
आँशुले नुहाँउछौ भने डुब्नेगरि झारीदिन्छु
मेरो आगमनले तिम्रो सभा बिथोल्छ भने
यो दुनियाँ छोडेर अन्तै बसाइँ सारिदिन्छु।

एकैछिन फुर्सद पायों भने पनि
मेरै बारेमा सोच्ने गर्छौं रे
के साच्चै
तिमीलाई पनि त्यहि भएकै हो त
जुन मलाई भएको छ।

~~~~THE END~~~~

Thank you for reading “Nepali shayari – Collection of love, Romantic, Sad shayari in Nepali” till this end.
If you have any comments, complains or Suggestions to Nepali Songs Lyrics please comment down
or,
Email us at : [email protected]
or
Fill this contact form : Click here For Contact Form
Submit your lyrics, status or blog For promotionSubmit your content from here

~~Be social~~
Medium: https://medium.com/@NepaliSongsLyrics
FB: https://www.facebook.com/NpSongslyrics
Insta: https://www.instagram.com/npsongslyrics/
Twitter: https://twitter.com/npsonglyrics

Sharing Is Caring
SHARE THESE BEAUTIFUL Nepali shayari NOW!

Leave a Reply