Happy Birthday Wishes in Nepali Language – जन्मदिनको शुभकामना

जन्मदिनको शुभकामना ….
“तिम्रो हरेक पाइलामा उन्नतिले साथ दिओस
गगन चुम्ने खुशी अनी फूल फुल्ने हासो दिओस।”

हजुरले चाल्नुभएको प्रत्येक पाईलाले सफलताको शिखर चुम्न सकुन
सु स्वास्थ्य दिर्घायु उच्च प्रगतिकाे हार्दिक मंगलमय शुभकामना छ |🎂🎂🎂
जन्मदिनको लाखौं लाख शुभकामना छ 🎂🎂

जन्मदिनको शुभकामना मायालु💝🎂
जिन्दगीको रङ्गमन्चमा आउने हरेक चुनौतीसँग मुस्कुराउदै लड्ने शक्ति मिलोस।
सधै स्वस्थ अनि मस्त रहनु😃फेरि पनि शुभकामना जन्मदिनको😍😍

जन्मदिनको असीमित शुभकामना बहिनी सु:स्वास्थ्य दीर्घायु र उत्तर उत्तर प्रगतीको कामना ❤️😍🎁

जन्मदिनको लाखौ लाख शुभकामना जीवनसाथी (Budi) ❤️।
सधै खुसी र स्वस्थ्य रहनु। अप्ठेरोमा सधै साथ र उर्जा दिनु मलाई 😘

भनिन्छ बुहारी संगै घरमा लक्षिण आउँछ,
अनि सुख, खुशी, शान्ति र समृद्धि छाउँछ,
मनमा माया अनि सद्भाव हुन पर्छ
मान्छेले नसिबमा नभएको सबै नाता पाउँछ।
जन्मदिनको अवसरमा सुख, शान्ती, खुशी एवं समृद्धिको मंगलमय शुभकामना जीवनसाथी तिमीलाई।

सदा खुशी अनि सुखी हुनु मेरो आशिर्वाद छ तिमिलाइ😀
तिम्रो हरेक ती अमुल्य सपना अनि चहानाहरु पूरा हुँदै जाउन्😍
हाम्रो यो मित्रतामा दुरि जतिनै बढे पनि सधै साथ र प्रेम को आभास गर्न पाइरहु ❤️
जन्मदिनको कडाेंराै शुभकामना साथी 🎂🎉🎊🎈

तपाईंको अनुहार सदा आनन्दले चम्किलो होस्,
म आशा गर्दछु तपाईले कहिल्यै एक्लो महसुस गर्नुहुने छैन,
म प्रार्थना गर्छु, भगवान सधैं तपाईंको पक्षमा हुनुहुन्छ,
म चाहन्छु कि तपाईले आफ्नो शिर जहिले पनि गर्वका साथ ठाडो राख्नुहोस्
तपाईलाई जन्मदिनको शुभकामना

सुर्य रोसनी लिएर आएको छ
र चरा चुरुङी हरुले गीत गाइ रहेको छ
फुल हरुले हासेर भने
शुभकामना छ तपाईंको जन्म दिन आएको छ

हरेक दिशामा जिउनुको एक नयाँ आशा दिओस् तपाईंलाई
हरेक क्षण हरेक पल केहि खास बनाइदिओस् तपाईंलाई
उदाइ रहेको सुर्य, फूली रहेको फूल
हरेक दिन ताजगीले भरियोस अनुभव तपाईंलाई
जिन्दगीमा कहिल्यै कुनै चिजको कमी नहोस्
जे माग्नुहुन्छ त्यो भगवानले सबै चिज दिओस् तपाईंलाई

तिम्रो यो व्यबहारको के जबाब दिउँ
तिमी जस्तो सुन्दर मान्छेलाई के उपहार दिउँ
कुनै राम्रो गुलाब भएको भए मालीसँग माँग्थे
तर जो आफै गुलाब छ उसलाई गुलाब के दिउँ
janmadin ko subhakamana

हरेक मुश्किलहरु सजिलो होस्
हरेक पलहरु खुशिमय होस्
हरेक दिन तपाईंको सुन्दर होस्
यस्तो नै जिबन भरी नै रहिरहोस्
यही हरेक दिन मेरो कामना छ
यस्तो नै तपाईंको जन्मदिन होस्
Janmadin ko subhakamana

कामना छ सफलताको हरेक शिखरमा तपाईंको नाम हुनेछ
कदम कदममा संसारले सलाम गर्नेछ
हिम्मतले हरेक मुस्किलहरुको सामना गर्नुहोला
प्राथना छ मेरो कि समय पनि एक दिन तपाईंको गुलाम हुनेछ
जन्म दिनको शुभकामना

यो महत्वपूर्ण दिन मा मनका हरेक चाहनाहरु पुरा हुन ।
जन्मदिनको असिमित शुभकामना

ताराहरुले आकशसँग सलाम पठाएको छ
खुशिहरुले भरिएको होस जिन्दगी सारा
मेरो मुटुले यो सन्देश पठाएको छ
Happy Birthday To you!

जन्म दिन को शुभ अवसर मा , दिउ के उपहार तिमीलाई,
बस प्यारले स्वीकार गर, धेरै धेरै माया तिमीलाई ।
जन्म दिन को धेरै धेरै बधाई छ ।

सधै झै आज फेरी यो दिन हामी सामु आएको छ ।।
सारा संसारले तिम्रो जन्म दिनको गीत गायको छ ।।
अबिबादन छ! मेरो ति जन्म दिने बाबू आमालाई ,
जस्ले यस संसारलाई तिमी जस्तो असल मनिस दिएको छ ।

जन्मदिनको शुभकामना छ साथी |
फुल जस्तै फुलोस तिम्रो जीवन,
खुसि ले चुमुन तिम्रो कदम ।
एहीनै छ मेरो आशिर्बाद ।

खै यो जन्म दिनमा के नै उपहार दीउ र , बस सदा खूसी
रहनु, सधै भरी अगाडी बढ़नु, सधै भरी मुहार मा हासो र
मन भित्र संसार जित्ने साहस मिलोस, तिम्रो जन्म दिनमा
मेरो यही सुभकामना एबम् उपहार छ

सुरज का किरण धर्तिमा आए,
पंछिले नाच्दै गाना गाए,
फुल ले हास्दै भन्न थाले।,
जन्म दिनको शुभकामान छ मेरो यार ।

प्रिय मित्र मलाई भन्न छ
यस विशेष दिनमा केहि
यद्यपि हामी दुइ फरक फरक ठाउँमा छौं,
तैपनि तपाईं जहिले पनि मेरो मुटुमा हुनुहुन्छ।
जन्मदिनको धेरै धेरै शुभकामना

मेरो साथी, तपाइँको जन्मदिनमा,
म केवल भन्न चाहन्छु
तपाईं मेरो संसारको सबैभन्दा प्यारो मान्छे
र तपाईं मेरो लागि एक मित्र भन्दा धेरै हो।
तपाईंलाई जन्मदिनको शुभकामना

भगवान जहिंतहिं हुन सक्तैनन् त्यसैले उनले आमा बनाए – मेरी प्यारि आमालाई दुई हात जोडी नमन |
माया कि खानि, धैरेता कि धनी,आमा हजुरलाई जन्म दिन को शुभकामना ।

तपाईंको यो व्यबहारको के जबाब दिउँ
तपाईं जस्तो मित्रलाई के उपहार दिउँ
कुनै राम्रो गुलाब भएको भए मालीसँग माँग्थे
तर जो आफै गुलाब छ उसलाई गुलाब के दिउँ
janmadin ko subhakamana Sathi

यो महत्वपूर्ण दिनमा मनका हरेक चाहनाहरु पुरा हुन ।
जन्मदिनको असिमित शुभकामना प्यारो साथी|

म जहाँ पनि हु मेरो साथी , मलाई छ जिन्दगीको कसम , फैसला आउने जाने हुन्छन ,
तर माया हुने छैन कम , हैप्पी बर्थडे मेरो साथी… तिम्रा हर एक wish पूरा हुन् |

~~~~THE END~~~~

If you have any Birthday Wishes in Nepali Then comment down, we’ll feature that in our post. 🙂

Thank you for reading song “Birthday in Nepali – wishes & Status” till this end.
If you have any comments, complains or Suggestions to Nepali Songs Lyrics please comment down
or,
Email us at : [email protected]
or
Fill this contact form : Click here For Contact Form
Submit your lyrics, status or blog For promotionSubmit your content from here

~~Be social~~
Medium: https://medium.com/@NepaliSongsLyrics
FB: https://www.facebook.com/NpSongslyrics
Insta: https://www.instagram.com/npsongslyrics/
Twitter: https://twitter.com/npsonglyrics

Sharing Is Caring
SHARE THESE BEAUTIFUL Happy Birthday WISHES in Nepali NOW!

Subscribe to our Newsletter From Comment or Footer section for recent updates (We Promise to send only Quality Emails)

Leave a Reply